पोखरामा दोहोरी साँझस्तरीय लोकदोहोरी प्रतियोगिता हुने

पाेखरा | असार २०, २०८०

पोखरामा दोहोरी साँझस्तरीय लोकदोहोरी प्रतियोगिता हुने

पोखरा:  विन्दवासिनी दोहोरी साँझले पोखरामा दोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी २२ देखि २६ गतेसम्म प्रतियोगिता संचालन गर्ने जानकारी दिइएको हो ।

 

साँझका सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायक गायिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको विजेता समुहले ३० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछ ।
 

यस्तै द्वित्तिय हुने समुहले २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड हात पार्नेछ ।

 

तृतीय हुने टोलीलाई १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिने केसीले बताए । उनका अनुसार सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई ५ हजार प्रदान गरिनेछ ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि १ हजार निर्धारण गरिएको प्रतियोगिता संयोजक सुमन खड्काले बताए । 

 

उनका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने छ । सो प्रतिायोगिताको निर्णायकमा लोक तथा दोहारी गायक टेक क्षेत्री, दिलु लामा लगायत रहनेछन् ।

 

सो प्रतियोगितासँगै बेलकी हुने विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिजा गुरुङ, रवी कार्की र अस्मिता डल्लाकोटीसहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ संयोजक खड्काले जानकारी दिए । 

 

करिब ८५ लाखको लागतमा नयाँ व्यवस्थापनसहित चिप्लेढुंगामा पुन संचालनमा ल्याएको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
। 
 
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्